चितवन । भरतपुर महानगरपालिकामा रहेका दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान सहयोग गरिएको छ ।
महानगरपालिकाका ७० वटा सहकारीमा आबद्ध बढी दुई हजार दुई सय ३६ किसानलाई उन्नत गहुँ र तोरीको बीउ अनुदानमा वितरण गरिएको महानगर कृषि शाखा प्रमुख तेजेन्द्रप्रसाद पौडेललले जानकारी दिए। उनका अनुसार ३४ सहकारी समूहका नौँ ६९ र ३६ सहकारीका एक हजार दुई सय ९७ किसानले तोरीको उन्नत बीउ पाएका छन् ।
करेसाबारीका लागि हिउँदे र वसन्ते तरकारी बीउका दुईरदुई हजार किट र एउटा परिवारका लागि गहुँको बीमा प्रतिकिलो रु एक सय र तोरीको बीउमा प्रतिकिलो रु ३० अनुदान दिइएको महानगरले जनाएको छ । “अघिल्ला वर्षमा धान र मकैको बीउ अनुदान दिइएका थिए । यस वर्ष भने बजेट अभावका कारण गहुँ र तोरीको बीउमात्रै अनुदानमा दिइएको हो । यसले किसानलाई ठूलो सहयोग पुगेको छ”, उनले भने ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०७ जेठ २०८१, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनको गाजर र चुकन्दर जर्मन निर्यात
भरतपुर महानगर र दाङको राप्ती गाउँपालिकाबीच भगनी सम्बन्ध कायम
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सकियो
भरतपुर महानगरपालिकाद्धारा तीन पाङ्ग्रे अटोको रुट परमिट दिन सुरु
पुंगी खोलाको अवैध संरचना भत्काउने कार्य जारी
भरतपुर महानगरमा छोरी बीमा कार्यक्रम