मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, १६ कार्तिक २०७८, ०७ : ४१
मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

गौर । रौतहटमा भएको दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । गढीमाई नगरपालिकाको धरमपुर स्थित बागमती नदीको पुलमा मोटरसाइकल ठोक्किँ गएराति एकजना प्रहरी जवान रामनिवास यादवको मृत्यु भएको हो ।

उनी सर्लाहीको धनकौल वैरिया घर भई दुर्गा भगवती गाउँपालिका  बडहर्वा प्रहरी चौकीमा कार्यरत  थिए ।  इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारी यादवको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर  पठाइएको बताउँदै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस