मार्तडी । जिल्लाको बूढीगङ्गा नगरपालिकामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । मौसम परिवर्तसँगै यहाँका स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन् ।
बेमौसमी वर्षासँगै भएको मौसम परिवर्तनका कारण भाइरल ज्वरोका बिरामी बढ्न थालेको सोही नगरपालिका–२ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र ताँप्राकी स्वास्थ्य सहायक आशा थापाले बताईन् ।
उनका अनुसार स्वास्थ्य संस्थामा दैनिकरुपमा १० देखि १५ जनाभन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेको र कतिपय बिरामीलाई घरमै गएर उपचार गर्ने गरेको बताईन् । मौसम परिवर्तनसँगै र चिसो बढ्न थालेपछि भाइरल ज्वरोका बिरामी स्वास्थ्य संस्थामा बढ्न थालेको अहेव थापाले बताईन् ।
अहिले स्वास्थ्य संस्थामा रुघाखोकी, ज्वरो, टाउको दुख्ने, हातखुट्टाका जोर्नी दुख्ने, झाडा पखाला लाग्ने वान्ता हुनेलगायतका बिरामी आउने गरेको थापाको भनाइ रहेको छ । भाइरल ज्वरोका बिरामी गाउँमा बढ्न थालेपछि महिला स्वयंसेविका र महिला समूहले सचेतजना जगाउँदै आएको अहेव थापा बताउछिन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १३ कार्तिक २०७८, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्वरो र झाडापखालाका बिरामी बढे, अस्पताल भरिभराउ
मकवानपुरमा ज्वरोका बिरामी बढे
रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामीको चाप बढ्दो