गौरमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप

सफल खबर संवाददाता

शुक्रबार, १२ कार्तिक २०७८, १९ : ५६
गौरमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप

रौतहट । रौतहटको सदरमुकाम गौरमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ ।  झडपमा आधा दर्जन जनमत पार्टीका कार्यकर्ता घाइते भएका छन् । 

पूर्व निर्धारित कार्यक्रम अनुसार जनमत पार्टीका जिल्ला अध्यक्ष ललित मल्लिक सानुको नेतृत्वमा गएका कार्यकर्ताले गौर स्थित बिपी चौकमा मसाल जुलुस प्रदर्शन गर्न खोज्दा प्रहरीसँग झडप भएको थियो ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण प्रसाद चिमोरियाले नारा जुलुस लगाउँदै आएका जनमतका कार्यकर्ताले बिपी चौकमा पुगेर अराजक गतिविधि गर्न खोजेपछि सामान्य बल प्रयोग गरेको बताए । झडपमा केही प्रदर्शनकारीका साथै केही प्रहरी समेत घाइते भएको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस