एमालेको दशौं राष्ट्रिय महाधिवेशन कात्तिक २६ गते हुने

सफल खबर संवाददाता

शुक्रबार, १२ कार्तिक २०७८, १७ : ०४
एमालेको दशौं राष्ट्रिय महाधिवेशन कात्तिक २६ गते हुने

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन कात्तिक २६ गते हुने भएको छ ।  केन्द्रीय कमिटीको बैठकमा कात्तिक २६ गते देशभर सबै जिल्लामा एकैसाथ प्रतिनिधि निर्वाचन गर्ने प्रस्ताव पेश भएको छ ।

एमालेको महाधिवेशन मंसीर १० देखि १२ सम्म हुँदैछ । भूगोलबाट ११९६ प्रतिनिधि चयन हुनेछन् भने बाँकी पदेन र मनोनित हुनेछन् । केन्द्रीय सदस्यले भने प्रतिनिधिको संख्या बढाउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस