काठमाडौं । संघीय संसद सचिवालयले संसद अधिवेशन अन्त्य भएसँगै तोकिएका बैठकहरु पनि रद्ध भएको जानकारी गराएको छ ।
अधिवेशनसँगै सदन पनि अन्त्य भएकाले बैठक रद्ध भएको जानकारी सांसदलाई गराउन संघीय संसदका महासचिव डा.भरतराज गौतमले शुक्रबार सूचना जारी गरेका छन् ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संघीय संसदको दुवै सदनको चालू अधिवेशन आज राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य गरेकी थिइन् ।
अधिवेशन अन्त्य भएसँगै २९ कात्तिकमा तोकिएको प्रतिनिधिसभा बैठक र अर्को सूचनाबाट तोकिने भनिएको राष्ट्रिय सभाको बैठक पनि अन्त्य हुने भएको जानकारी सचिवालयले गराएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ कार्तिक २०७८, १४ : ४५
लेखकबाट थप