काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोटमा अहिले नेपाल र बलियो इरानबीच प्रतिस्पर्धा भइरहेको छ ।
ताजकिस्तानको दुशन्बेमा जारी खेलमा नेपालले बलियो इरानलाई पहिलो हाफमा बराबरीमा रोक्न सफल भएको छ । पामिर स्टेडियममा जारी पहिलो हाफको १७ मिनेटमा इरानका कप्तानले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा पहिलो हाफ बराबरीमा सकिएको हो ।
नेपालका डिफेण्डर अभिषेक लिम्बूले इरानका खेलाडीलाई बक्सभित्र लडाएपछि रेफ्रीले इरानलाई पेनाल्टी दिएका थिए । प्रशिक्षक बालगोपाल महर्जनले इरानसँगको खेलमा नेपाली टोलीको कप्तानी तथा नेपाली पोष्ट अर्पण कार्कीले समाल्ने जिम्मा दिएका छन् ।
यस्तै डिफेण्डरमा सुमन अर्याल, अभिषेक लिम्बू, सुरज जिउ ठकुरी, गौतम श्रेष्ठ रहनेका छन् । मिडफिल्डरमा रोशन पहारी, आयुष घलान, सेसेहाङ आङ्देम्बे, एरिक विष्ट छन् । यता, नेपाली अट्याक लाइन मनिष डांगी र अभिषेक रिजालले छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ कार्तिक २०७८, १८ : ०९
लेखकबाट थप