काठमाडौं । नेपाल बार एसोसिएसनले अहिलेको समस्या समाधान गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निकास दिनुपर्ने निष्कर्ष निकालेको छ ।
सोमबार बिहान ११ देखि ४ बजेसम्म बसेको आकस्मिक बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । ‘हामीले उहाँबाट निकास हुनुपर्छ भन्ने निर्णय गरेका छौं,’ श्रेष्ठले भने, ‘भोलि न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई भेट्ने कार्यक्रम छ । न्यायाधीशले प्रधानन्यायाधीश भेट्ने, इजलासमा सुनुवाइ नहुने यसरी कसरी जनताले न्याय पाउँछन् ।’
श्रेष्ठले प्रधानन्यायाधीशले न्यायपालिकाभित्रै मिलाउन नसककेको बताए । ‘उहाँको काम कारबाहीमा अरु न्यायाधीशहरू नै असन्तुष्ट बने । यसले त उहाँबाट नेतृत्व हुनसक्ने देखिएन नि,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ कार्तिक २०७८, १७ : ०२
लेखकबाट थप