भरतपुरमा ब्यूटीपार्लर तालिम उद्घाटन

मंगलबार, ११ बैशाख २०७५, २१ : २२
भरतपुरमा ब्यूटीपार्लर तालिम उद्घाटन

भरतपुर । भरतपुर महानगरपालिका वडा नं. १२ को आयोजनामा तीन महिने ब्यूटिसियन तालिम आज (मंगलबार) बाट प्रारम्भ भएको छ । तालिमको वडा अध्यक्ष नरेन्द्र कन्दङवाले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । 

सो अवसरमा बोल्दै वडा अध्यक्ष कन्दङ्वाले तालिममा सिकेको सीपलाई व्यवहार उतार्नुपर्ने बताउनुभयो । तालिम पश्चात् स्वरोजगार बन्न सकिने भन्दै उहाँले वडावासीलाई स्वरोजगार बनाउन आफू सधैं लागिरहने बताउनुभयो । महिलाहरुलाई रोजगार र स्वरोजगार बनाउन सके यसले समाज परिवर्तन गर्न पनि सहज हुने भन्दै उहाँले आगामी दिनमा पनि स्वरोजगारका कार्यक्रम ल्याउन पहल गर्ने बताउनुभयो ।  

वडा सदस्य विमला भट्टराईको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नवरत्न टोल विकास संस्थाका अध्यक्ष नारायणप्रसाद उपाध्याय, जिल्ला प्रशासन एकता टोल विकास संस्थाका अध्यक्ष हेम न्यौपाने लगायतले मन्तव्य राख्नु भएको थियो । 

भरतपुर महानगरपालिको आर्थिक सहयोगमा सफल ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टर भरतपुर १२ सूर्यचोकमा सञ्चालित तालिममा वडा नं. १२ का २५ टोलका एक÷एक जना गरी २५ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ । 

प्रशिक्षार्थीहरुलाई वडा सदस्य विमला भट्टराई र विष्णु पाण्डेले प्रशिक्षण दिनुहुनेछ । तीन महिनासम्म दैनिक दुई घण्टाका दरले सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिईने वडा सदस्य भट्टराईले बताउनुभयो । ब्यूटीपार्लरको यो आधारभूत तालिम भएको बताउँदै उहाँले तालिम लिएपछि प्रशिक्षार्थीहरुले ब्यूटीपार्लर सञ्चालन गर्न सक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस