सप्तकोसीमा पानीको बहाव उच्च, सतर्क रहन आग्रह

सफल खबर संवाददाता

बुधबार, ०३ कार्तिक २०७८, १२ : २३
सप्तकोसीमा पानीको बहाव उच्च, सतर्क रहन आग्रह

विराटनगर । केही दिनयताको अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । पहाडी क्षेत्रका साथै तराईमा पनि अत्यधिक वर्षा भइरहेकाले कोसेमा पानीको बहाव उच्च भएको हो ।

बुधबार बिहान गरिएको मापनअनुसार कोसी ब्यारेज भएर करिब २ लाख ६१ हजार क्युसेक पानीको बहाव रहेको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ । पानीलाई निकास दिन ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खोलिएका छन् । पानीको बहाव उच्च भएर जोखिम बढेपछि सतर्कतासूचक रातो बत्ती बालिएको छ ।

नदीको तटीय क्षेत्र र आसपासका बासिन्दालाई सतर्क रहन भनिएको छ । सुनसरी प्रशासनका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाइएको छ ।

प्रतिक्रिया दिनुहोस