विराटनगर विमानस्थलमा बाढी पस्यो, उडान प्रभावित

सफल खबर संवाददाता

बुधबार, ०३ कार्तिक २०७८, ०८ : ४१
विराटनगर विमानस्थलमा बाढी पस्यो, उडान प्रभावित

विरानगर । अविरल वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेको छ। केशलिया खोलामा आएको बाढी विमानस्थलमा पस्दा डुबान भएको हो।

धावनमार्गमा समेत डेढफिटसम्म पानी जमेको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलको टर्मिनल भवनमा पनि पानी जमेको छ। विमानस्थल डुबानमा परेपछि उडान हुन सकेको छैन। बुद्ध र यती एअरलाइन्सले काठमाडौं–विराटनगरका सबै उडान रद्ध गरेका छन् । 

बाढी पसेकाले रनवे, पार्किङ एरिया लगायतका स्थान डुबानमा परेका छन् । मंगलबार पनि लगातारको वर्षाका कारण उडान प्रभावित हुँदा सर्वसाधारण यात्रु मर्कामा परेका थिए।

प्रतिक्रिया दिनुहोस