सरकार र विप्लव समूहबीच छलफल, तीनबुँदे सहमति कार्यान्वयन गर्न सकारात्मक

सफल खबर संवाददाता

मंगलबार, ०२ कार्तिक २०७८, १९ : ५६
सरकार र विप्लव समूहबीच छलफल, तीनबुँदे सहमति कार्यान्वयन गर्न सकारात्मक

काठमाडौं। सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच आज छलफल भएको छ । छलफलमा गृहमन्त्री बालकृष्ण खाणको पहलमा भएको छलफलमा महान्यायाधिवक्ता खम्मबहादुर खाती, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र नेकपाका पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लगायत सहभागी भए।

तीनबुँदे सहमति कार्यान्वयन गर्ने विषयमा छलफल सकारात्मक भएको बताए । नेकपा प्रवक्ता प्रकाण्डले पनि गृहमन्त्रीसँग भएको वार्ता सकारात्मक रूपमा अघि बढेको जानकारी दिएका छन् । उनले भने, ‘सरकारले गर्नुपर्ने काम धेरै छन् । हामीले गर्ने काम पनि छन् । दुवै पक्ष सकारात्मक भएकाले अर्को बैठकमा टुंगिने आशा गरौं ।’

गृहमन्त्री खाणले नेकपासँग भएको सहमति कार्यान्वयनका लागि कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, महान्यायाधिवक्ता खाती लगायतसँग छलफल गरेका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव समूहसँग २० फागुन २०७७ मा तीनबुँदे सहमति गरेको थियो ।

प्रतिक्रिया दिनुहोस