एमालेले वडा अधिवेशन कात्तिक ६ गते गर्ने

पालिका अधिवेशन ९ गते

सफल खबर संवाददाता

सोमबार, ०१ कार्तिक २०७८, ११ : ५७
एमालेले वडा अधिवेशन कात्तिक ६ गते गर्ने

काठमाडौँ । नेकपा एमालेले पार्टीको वडा कमिटीहरुको अधिवेशन यही कात्तिक ६ गते गर्ने भएको छ । देशैभरका वडाहरुमा एकै दिन एकैदिन अधिवेशन गर्ने पार्टीले जनाएको छ । हाल देशभर देशका ६ हजार ७४३ वडा रहेका छन् ।

वडा अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रूपमा गर्ने बताइएको छ । त्यसलगत्तै कात्तिक ९ गते पालिका (स्थानीय तह) हरुमा पनि अधिवेशन गर्ने तयारी रहेको जनाइएको छ । हाल मुलुकभर ७५३ स्थानीय तह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस