लन्डन । बेलायतमा शुक्रबार छुरा प्रहार गरी एक सांसदको हत्या भएको छ । सत्तारुढ दल कन्जरभेटिभ पार्टीका सांसद डेभिड अमेसलाई चर्चमा एक जनाले छुरा प्रहार गरेका थिए । गम्भीर अवस्थामा अस्पताल लगिएका उनलाई चिकित्सकले मृत घोषित गरेका हुन् ।
प्रहरीले हमलाकारीलाई हत्यामा प्रयोग भएको छुरासहित नियन्त्रणमा लिएको छ । रोयटर्स समाचार एजेन्सीका अनुसार चर्चमा आफ्नो क्षेत्रका जनतासँग कुरा गरिरहेको समयमा सांसद अमेसमाथि हमला भएको हो ।
हमलाकारीको उमेर २५ वर्ष बताइएको छ । उनले किन सांसदमाथि हमला गरे भन्नेबारे खुल्न सकेको छैन । अमेस करिब चार दशकदेखि सांसद थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ३० असोज २०७८, १२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका र बेलायतले कसरी सघाउँदैछ इजरायललाई ?
चीनमाथि बेलायतले लगायो साइबर हमलाको आरोप
प्रधानमन्त्रीसँग बेलायतका विकासमन्त्रीको भेट
हुथी विद्रोहीको आधार शिविरमा अमेरिका र बेलायतकाे आक्रमण
बेलायतमा रोजगारीका लागि ४५ जना नेपाली नर्स छनोट
बेलायतका पूर्वप्रधानमन्त्री क्यामरुन विदेश सचिवमा नियुक्त