साफ साफ च्याम्पियनसीप उपाधिका लागि आन नेपाल र भारत भिड्दै

सफल खबर संवाददाता

शनिबार, ३० असोज २०७८, ११ : ०१
साफ साफ च्याम्पियनसीप उपाधिका लागि आन नेपाल र भारत भिड्दै

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ को उपाधिको लागि आज नेपाल र भारत भिड्ने भएका छन् । 

मालेस्थित राष्ट्रिय रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ । आज दुबै टिम उपाधि जित्ने दाउमा छन् । पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो । नेपालले दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो ।

भारतले हालसम्म ७ पटक साफ च्याम्पियनसिपको उपाधि जितिसकेको छ भने नेपाल पहिलोपटक उपाधि होडमा पुगेको ह्ये । 

भारत आठौं पटक उपाधि उचाल्ने योजनामा हुनेछ भने नेपाल आज भारतलाई हराएर ऐतिहासिक उपाधि जित्न चाहन्छ । तर, भारतविरुद्ध सहज नहुने नेपाली टोलीलाई जानकारी छ ।

भारतविरुद्ध नेपालले हालसम्म २२ खेल खेलेको छ । जसमा पुर्णरुपमा हाबी रहेकाे भारतले नेपालविरुद्ध १५ खेलमा जित हात पारेकाे छ भने ५ खेल बराबरी खेलेकाे छ । दुई खेलमा भने नेपाल विजयी भएकाे छ । यसै प्रतियाेगिताकाे लिग चरण‍काे खेलमा पनि भारतसँग नेपाल १-० ले स्तब्ध बनेकाे थियाे । 

नेपाल र भारतको पुरुष राष्ट्रिय फुटबल टोलीबीच २८ वर्षपछि फाइनल खेल तय भएको हो । सन् १९९३ मा बंगलादेशमा भएको छैटौं सागमा नेपाल र भारतबीच स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । जसमा नेपालले बाजी मारेको थियो ।

 

प्रतिक्रिया दिनुहोस