काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले तत्कालीन नेकपा शैलीकै हाइकमान्डका रूपमा सचिवालय गठन गर्ने निर्णय गरेको छ ।
पार्टीको स्थायी समिति बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा ११ सदस्यीय सचिवालय गठन गर्ने निर्णय गरेको हो । यो सचिवालयले महत्वपूर्ण निर्णय लिन सक्ने अधिकार राख्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
सचिवालयमा नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, नेता मुकुन्द न्यौपाने, तीन उपाध्यक्षहरू क्रमशः राजेन्द्र पाण्डे, प्रमेश हमाल र जयन्ती राई छन् ।
त्यसैगरी, सचिवालयमा महासचिव बेदुराम भुसाल, उपमहासचिवत्रय जगन्नाथ खतिवडा, प्रकाश ज्वाला र विजय पौडेलका साथै गंगालाल तुलाधर छन् ।
बैठकले स्थायी कमिटी र केन्द्रीय सदस्य संख्यालाई पूर्णता दिएको खतिवडाले बताए पनि नाम भने फाइनल भइनसकेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ असोज २०७८, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ खनालले भने -पार्टीले गरेको कार्य विभाजन चित्त बुझेन
यस्तो छ नेकपा एसका नेताहरुको कार्य विभाजन प्रस्ताव, कसलाई कुन जिम्मेवारी ?
सर्वोच्चको फैसलाले निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन् भएको नेकपा एसको ठहर
एकीकृत समाजवादीका २ सय ५१ केन्द्रीय सदस्यले लिए शपथ
नेकपा एसले दियो प्रदेश इन्चार्ज र सचिवलाई केन्द्रीय कमिटी सदस्यको ड्राफ्ट तयार गर्ने जिम्मा
एकीकृत समाजवादीको महाधिवेशन : विशिष्ट नेताको सुरक्षा जिम्मेवारी राजनीतिक कमिटीलाई