लण्डन । बेलायतले नेपाललाई यात्राको रातो सूचीबाट हटाएको छ । कोरोना महामारी बढ्दो क्रमसँगै बेलायतले अन्तर्राष्ट्रिय यात्राका लागि केही प्रतिबन्धसहित विभिन्न देशलाई रातो सूचिमा राख्दै आएको थियो ।
बेलायतका यातायात मन्त्री ग्रान्ट सापले बिहीबार ट्वीटरमार्फत यात्रा सूचीको पुनरावलोकन गर्दै नेपाललगायत ४७ वटा देशलाई रातो सूचीबाट हटाउने निर्णय गरेको सार्वजनिक गर्नु भएको छ । यो निर्णय अक्टोवर ११ गते बिहान चार बजेदेखि लागू हुनेछ । बेलायतको रातो सूचीमा अब पानामा, पेरु, इक्वेडोर, कोलम्बिया, हाइटी, भेनेजुयला र डोमिनिक रिपब्लिक मात्र बाँकी छन् ।
रातो सूचिबाट हटेपछि कोभिड खोपको दुबै डोज लगाएका यात्रुले नेपालबाट बेलायत आउँदा होटेल क्वारेन्टिन बसिराख्नुपर्ने छैन् । रातो सूचिमा रहंदा बेलायती नागरिक वा बेलायतमा बसोवासको अधिकार पाएकालाई मात्र खुला राखिएकोमा अब पर्यटक र अन्य भिजिटर पनि आउन पाउनेछन् । रातो सूचिमा रहदा बेलायतको सरकारले तोकिदिएको होटलमा दश दिन क्वारेन्टाइन बस्नुपर्ने नियम थियो । होटलमा बसेबापत प्रतिव्यतिm दुई हजार २८५ पाउण्ड तिर्नुपर्ने वाध्यता थियो । रातो सूचिबाट हटेसँगै विद्यार्थीलाई मात्र होइन दशैँमा नेपाल जान
खोज्नेलाई पनि ठूलो राहत मिलेको छ । रातो सूचिबाट हटने निर्णय सुनेसँगै आफुले नेपाल जाने टिकट बुक गरेको लण्डन बस्ने उषा गौतमले बताउनुभयो । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २२ असोज २०७८, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायतको राष्ट्रिय कर्जा आगामी ५० वर्षमा तेब्बर हुने
बेलायतमा डान्स क्लासमा चक्कु प्रहार, २ बालिकाको मृत्यु, ९ घाइते
बेलायतको जलवायु रणनीतिमाथि अदालतको छानबिन
बेलायतमा लेबर पार्टीको ऐतिहासिक जित, स्टारमर प्रधानमन्त्री बन्ने
बेलायतको चुनावमा लेबर पार्टीलाई बहुमत
बेलायतमा आज मतदान हुँदै