काठमाडौं । चेक बाउन्स मुद्दामा पक्राउ परेका गुण्डा नाइके सत्यमान लामा डिल्लीबजार कारागार चलान भएका छन् । आइतबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले लामालाई पक्राउ गरेको थियो । त्यसपछि फैसला कार्यान्वयनका लागि अदालत उपस्थित गराइएको थियो । अदालतको निर्देशनपछि लामालाई डिल्लीबजार कारागार चलान गरिएको परिसर काठमाडौंले जनाएको छ ।
काभ्रेको तेमाल घर भई काठमाडौं महानगरपालिका–४ बस्दै आएका लामालाई काठमाडौं जिलला अदालतले २०८० चैत २७ गते २ वर्ष कैद र ३० लाख बिगो र ३० लाख जरिवाना सजाय हुने फैसला गरेको थियो ।
पक्राउ परेका सत्यमान दावा लामाका सहयोगी पनि हुन् । उनी बुद्धचित्त र रक्तचन्दन व्यापारमा पनि मुछिएका थिए । २०७५ सालमा किसानको बुद्धचित्त माला लुटपाट गरेको आरोपमा पनि उनी पक्राउ परेका थिए । त्यसबेला तत्कालीन सांसद नवीना लामा उनलाई छुटाउन गएपछि विवादसमेत भएको थियो ।
सत्यमान पटक–पटक ठगी गरेको आरोपमा पक्राउ परेका थिए । उनलाई अपराध महाशाखाले काभ्रेको तेमालमा भूकम्प पीडितका लागि अस्पताल
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ मंसिर २०८१, ११ : १५
लेखकबाट थप