बढ्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

सफल खबर संवाददाता

विहीबार, २१ असोज २०७८, ११ : ३२
बढ्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउ बढेको छ । गत बुधबारको तुलनामा आज बिहीबार सुन तोलामा ५०० रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले वृद्धि भएको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बढेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ र चाँदी एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ । 

गत बुधबार सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा र चाँदी एक हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै आज यता तेजाबी सुनको मूल्य समेत तोलामा ५०० रुपैयाँले नै बढेर ८९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस