घट्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

सफल खबर संवाददाता

बुधबार, २० असोज २०७८, १२ : ०९
घट्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्यमा गिरावट आएको छ । यस दिन छापावाल सुन प्रति तोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।  यस दिन चाँदी प्रति तोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।  

प्रतिक्रिया दिनुहोस