सुशासन बिना देश विकास सम्भव छैन : गृहमन्त्री थापा

सोमबार, १० बैशाख २०७५, १६ : ५६
सुशासन बिना देश विकास सम्भव छैन : गृहमन्त्री थापा

चितवन । गृहमन्त्री राम बहादुर थापाले सुशासन बिना देशको विकास सम्भव नरहेको बताउनुभएको छ । उद्योग वाणिज्य सघं रत्ननगरको १९ औ साधारण सभाको उद्घाटन गर्दै उहाँले सुशासन कायम गर्न विभिन्न अपराधीक घटना देखि भ्रष्टचारसम्मलाई अन्यत्य गर्न जरुरी रहेको बताउनुभयो ।
देश विकासको चरणमा गई सकेको भए पनि भ्रष्टचार ,अपराध र तस्करीलाई निस्तेज गर्न नसके हामीले सोचेको विकासको सुन्दर सपना मात्र सिमित हुन्छ । विकासको निम्ति आर्थिक अनुशासन चाहिने गृहमन्त्री थापाको भनाई थियो । देशमा भएका बिचौलियका कारण देशको अर्थतन्त्रमा परिवर्तन आउन नसकेको भन्दै मन्त्री थापाले हरेक क्षेत्रको सिन्डिकेटलाई अन्त्य गर्नुपर्ने बताउनुभयो । यातयातमा भएको सिन्डिकेट मात्र होईन्,उहाँले भन्नुभयो,“हरेक क्षेत्रको सिन्डिकेडलाई हटाउनुपर्छ । मुख्य गरि  कृषि क्षेत्रको सिन्डिकेट हटाउन अत्यन्त जरुरी छ ।”


 

प्रतिक्रिया दिनुहोस