बायाँ चक्का झर्दा चिप्लिएर घाँसमा पुग्यो श्रीएयरको विमान

सफल खबर संवाददाता

मंगलबार, १९ असोज २०७८, ११ : ००
बायाँ चक्का झर्दा चिप्लिएर घाँसमा पुग्यो श्रीएयरको विमान

file photo

काठमाडौं । श्रीएयरको विमान त्रिभुवन विमानस्थलमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ । यात्रुसहितको विमान नेपालगञ्ज जानका लागि पार्किङ एरियाबाट रनवेतर्फ जाँदै थियो । 

त्यतिबेलै पछाडिको बायाँ चक्का झर्दा चिप्लिएर घाँसमा पुगेको त्रिभुवन विमानस्थलले जनाएको छ ।  अहिले त्यहाँ रहेका यात्रुहरूलाई अर्को विमानमार्फत गन्तव्यस्थलतर्फ पठाउने तयारी भइरहेको छ ।

विमानमा कति यात्रु थिए भन्ने खुलेको छैन । सो विमानलाई अहिले मर्मतका लागि ह्यांगिङ एरियामा लगिएको छ । 

प्रतिक्रिया दिनुहोस