ब्राजिल । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोको विरोधमा हजारौँले सडकमा उत्रिएर प्रदर्शन गरेका छन् । विपक्षी दल तथा ट्रेड युनियनहरूले उक्त प्रदर्शनको आयोजना गरेका हुन् ।
पछिल्लो समय बोल्सोनारो कोभिड–१९ महामारीको व्यवस्थापनलाई लिएर आलोचित छन् । महामारीका कारण देशमा ६ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । आम निर्वाचनको ठीक एक वर्षअघि यो प्रदर्शन गरिएको थियो ।
शनिबार देशका १६० भन्दा बढी गाउँ र शहरमा प्रदर्शनको आयोजना गरियो । प्रदर्शनकारीले बोल्सोनारोलाई पदबाट हटाउनुपर्ने माग गरेका थिए । च्याम्बरमा डेप्युटिजमा बोल्सोनारोमाथि महाभियोग लगाउन माग गर्दै १ सयभन्दा बढी निवेदन परेका छन् । तर, त्यसको नेतृत्वले उक्त मागलाई अघि बढाएका छैनन् । ब्राजिलको सर्वोच्च अदालतले हालै मात्र बोल्सोनारोमाथि विभिन्न छानबिन अघि बढाउन अनुमति दिएको थियो ।
अर्को अक्टोबरमा ब्राजिलमा आम निर्वाचन हुनेछ । तर, अहिले नै बोल्सोनारोको अप्रुभल रेटिङ निकै तल खस्किएको छ । एटलास इन्सटिट्युट गरेको सर्वेक्षणमा ६१ प्रतिशत जनताले उनको सरकारको कामलाई खराब भनेका थिए । उनले सन् २०१९ जनवरीमा पदभार सम्हालेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १७ असोज २०७८, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप छनौटमा बराबरीमा रोकियो ब्राजिल
ब्राजिलको सुप्रिम कोर्टबाहिर विस्फोट हुँदा एक जनाको मृत्यु
चिलीमाथि ब्राजिलको कमब्याक जित
रोड्रीगोको गोलमा ब्राजिल विजयी
ब्राजिलमा सामाजिक सञ्जाल एक्समाथि प्रतिबन्ध
दोस्रो खेलमा लयमा देखियो ब्राजिल