काठमाण्डौ । भदौ महिनामा मात्रै ३६ हजारभन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार १८ सय २२ जना महिला र ३४ हजार २१८ जना पुरुष गरी ३६ हजार ४० जनाले विदेश जान श्रम स्वीकृति लिएका हुन् ।
महामारीको जोखिम कायम नै भए पनि रोजगारीका लागि विदेश जाने सबैभन्दा धेरै अदक्ष श्रमिक नै रहेका छन् ।
१८ हजार ७६१ जना पुरुष र ९४८ महिलाले अदक्ष श्रमिकको रूपमा श्रम स्वीकृति लिएका छन् । यस्तै १२ हजार ९३५ जना पुरुष र ६९० जना दक्ष महिलाहरूले रोजगारीका लागि विदेश जान श्रम स्वीकृति लिएका छन् ।
२६ सय ७१ अर्ध दक्ष श्रमिक बिदेसिएका छन् भने २७ जना व्यवसायीक र ८ जना उच्च सीप भएकाहरूले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १४ असोज २०७८, १७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण
अब १ घण्टाभित्र श्रम स्वीकृति दिन्छौँ : मन्त्री अर्याल
एक घण्टामा श्रम स्वीकृति दिन नसकिने
८ महिनामा ४ लाख ७१ हजार श्रम स्वीकृति