काठमाडौं । नेकपा एमालेको उपाध्यक्षबाट राजीनामा दिएर हिँडेका नेता वामदेव गौतमकी पत्नी तुलसा थापाले आफु एमाले मै रहेको बताएकी छन् । वामदेव गौतमले एमाले छाडे पनि उनले आफू अहिलेसम्म एमालेमै रहेको बताएकी हुन् ।
एमालेबाट समानुपातिक सांसद तथा अखिल नेपाल महिला संघको केन्द्रीय नेतृत्वमा रहेकी गौतम बिहीबार काठमाडौंमा आयोजित महिला संघको केन्द्रीय समिति बैठकमा समेत सहभागी छन् ।
सोमप्रसाद पाण्डेलगायत केही सांसदले ‘नेकपा एस रोज्न पाउँ’ भन्दै अदालतमा निवेदन दिए पनि तुलसा थापा गौतम भने अदालत गएकी छैनन् ।
केही समययता पार्टी गतिविधिमा नदेखिएकी उनी अखिल नेपाल महिला संघको बैठकमा सहभागी भएकी हुन् । स्रोतका अनुसार वामदेव गौतमको परिवारमा पत्नी तुलसा र छोरा हरिश एमालेमै रहनुपर्ने पक्षमा छन् ।
हरिशलाई एमालेका केही नेताले पार्टीमै रहन र अर्को पाँच वर्षपछिको चुनावमा बर्दियाबाट उम्मेदवार बन्ने गरी तयारी गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असोज २०७८, १४ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेमै फर्किने तयारीमा वामदेव गौतम
अहिल्यै समाजवादीमा गइन्न, एमालेसँग पनि कुरा हुँदैछ : वामदेव गौतम
माधव नेपाल र वामदेव गौतमबिच आलोकनगरमा छलफल
वामदेवले फर्काए ओलीलाई जवाफ
शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने संकल्प गरौं : वामदेव गौतम
देश विकासका लागि सम्पूर्ण जमिन राष्ट्रियकरण गरौँ : वामदेव गौतम