बायोपिक रुदाने फिल्मको टिजर सार्वजनिक

सफल खबर संवाददाता

बुधबार, १३ असोज २०७८, १७ : ५३
बायोपिक रुदाने फिल्मको टिजर सार्वजनिक

काठमाडौं । राजनीतिज्ञ तथा विद्रोही दार्शनिक रुपचन्द बिष्टको जीवनीमा अधारित फिल्म ‘रुदानेः विद्रोहको नेपाली नाम’ को टिजर युटुयुवमार्फत बुधबार सार्वजनिक गरिएको छ । 

अमित किशोर सुवेदी र विकास ढकालको संयुक्त निर्देशनमा बनेको फिल्ममा बिष्टको जीवन, विद्रोह तथा थाहा दर्शनका विभिन्न पक्षलाई समेटिएको फिल्मका कार्यकारी निर्माता जागृत रायमाझीले जानकारी दिएका छन् । 

फिल्ममा रुपचन्द्रको भूमिका दिव्य देवले निर्वाह गरेका छन् भने अन्य कलाकारमा नम्रता श्रेष्ठ, रवि गिरी, सुभाष गजुरेल, सरोज अर्याल, आलोक थामी, सविना गोपाली, आइपी आचार्यलगायत छन् । फिल्म सन् २०२२ को मध्येसम्म दर्शकमाझ ल्याइने जानकारी फिल्म निर्माण व्यानर दावनल क्रिएसनद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस