आज पनि घट्यो सुनको भाउ, कति पुग्यो तोलाको

सफल खबर संवाददाता

बुधबार, १३ असोज २०७८, ११ : १८
आज पनि घट्यो सुनको भाउ, कति पुग्यो तोलाको

काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज १०० रुपैयाँले घटेर कारोबार सुरु भएको बताएको हो ।

सुनको मूल्य हिजो मंगलबार तोलामा ३०० ले घटेको थियो । जसअनुसार, आज स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ९०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ४५० रुपैयाँ कायम छ ।

हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ कायम थियो । यससँगै, आज चाँदीको मूल्य भने स्थिर रहेको महासंघले बताएको छ । आज चाँदी प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस