काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी ७ र ८ कात्तिकमा भिटामिन खुवाउने अभियान सञ्चालन गर्ने भएको छ। यसअघि २ र ३ कात्तिकमा तय भएको अभियान दशैंका कारण मिति सारिएको हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको सिफारिसमा तोकिएको मितिमा बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधिसँगै बालभिटा पनि दिइनेछ। जसमा ६ महिनादेखि २३ महिनाका बालबालिकालाई बालभिटा (बहुसूक्ष्म पोषक तत्व), ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइदै छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पनि सहजीकरणमा हुने कार्यक्रम सात सय ५३ वटै स्थानीय तहमा सञ्चालन हुनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ असोज २०७८, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गम्भीर प्रकृतिका ६ वटा रोगको निःशुल्क उपचार
पुष महिनासम्मको लक्ष्य प्रगतिका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दोश्रो स्थानमा
नवीकरण नगरी चलाए कारबाही गर्ने भन्दै निजी अस्पताललाई मन्त्रालयको परिपत्र
वैद्यखानाका निर्देशकलाई स्वास्थ्य मन्त्रालयले सोध्यो स्पष्टीकरण
मंकीपक्सबाट बच्न सावधानी अपनाउ : स्वास्थ्य मन्त्रालय
कार्यालय समयमा चिकित्सक नभेटिए कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी