काठमाडौं । नेपालमा कुकुरले टोकेर २०७६-७७ मा ५२ हजार ६ सय १० जना रेबिजविरुद्ध खोप लगाउन अस्पताल पुगेका छन्। यो संख्या एक दशककै बढी हो।
यीमध्ये कतिको मृत्यु भयो रु यो तथ्यांक भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग छैन। २०७५र७६ मा ३२ हजार ८ सय ८२ जनालाई टोक्दा १८ को मृत्यु भएको थियो। २०७४र७५ मा टोकिनेको संख्या ३३ हजार २ सय ४ थियो। मृतक ३२ जना थिए। ६ वर्षमा ८७ जनाको निधन भएको महाशाखाको तथ्यांक छ। धेरै व्यक्ति अस्पताल नआउने भएकाले घाइते र मृतकको संख्या अझै बढी हुन सक्ने विज्ञ बताउँछन्।
‘कुकुरलाई जिस्क्याउनु हँुदैन। घरकैले टोकेको हो भनेर आफैं निर्णायक नबनौं। तुरुन्तै अस्पताल गएर रेबिजविरुद्धको खोप लगाऔं’, शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुन भन्छन्, ‘रेबिज लागेकाहरूसँग मैले कुरा गरेको छु। मलाई थाहा छ कि त्यो मान्छे २—३ दिनमा मर्दै छ। म त्यो अवस्था देखेर धेरै पटक रोएको छु। खोप लगाएको भए ऊ बाँच्थ्यो। तर, हेलचेक्रयाइँले ज्यानै गइरहेको छ। रेबिज लागेपछि बाँच्न असम्भव छ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १२ असोज २०७८, ०७ : ३९
लेखकबाट थप