कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा हारेपछि पूर्वसांसद राजवंशी एमालेमा प्रवेश

सफल खबर संवाददाता

सोमबार, ११ असोज २०७८, १४ : ५१
कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा हारेपछि पूर्वसांसद राजवंशी एमालेमा प्रवेश

झापा ।  क्षेत्रीय प्रतिनिधिमा पराजित भएपछि पूर्वसांसद अमृतलाल राजवंशीले कांग्रेस परित्याग गरेका छन् । 

झापाको बिर्तामोड नगरपालिका-४ मा भएको वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा पराजित भएपछि संविधानसभा सदस्य राजवंशी कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । 

राजवंशीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका छन् । राजवंशीलाई कांग्रेसले पहिलो र दोस्रो संविधानसभामा संविधानसभा सदस्य बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस