दाङमा देउवा र पौडेल समुहले ५–५ स्थानिय तह जिते

सफल खबर संवाददाता

सोमबार, ११ असोज २०७८, ०८ : ३३
दाङमा देउवा र पौडेल समुहले ५–५ स्थानिय तह जिते

दाङ । कांग्रेसको  चौधौं महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न निर्वाचनमा दाङमा पार्टी सभापति शेरबहादुर  देउवा र बरिष्ठ  नेता  रामचन्द्र पौडेल समुहले बराबर स्थानीय तहमा जित निकालेका छन ।

जिल्लाका १० वटा स्थानीय  तहमध्ये पाँच वटा स्थानीय तह  देउवा  पक्षले विजयी हाँसिल गरेको छ भने पाँच स्थानीय  तहमा पौडेल  पक्षले विजय हाँसिल गरेका छन् ।  पौडेल निकट कांग्रेस केन्द्रिय सदस्य तथा पुर्बमन्त्री दिपक गिरीका  चार  स्थानीय  तहसँगै  राप्ती गाउँपालिकाका  सभापति  विद्याशरण  चौधरी रहेका छन् । ति मध्ये शान्तिनगर र राप्ती गाउँपालिकाका  सभापति  सर्वसम्मत चयन  भएका  हुन् ।  

त्यस्तै देउवा समूहका घोराही  उपमहानगरपालिकाको सभापतिमा तिलक रावतले विजयी हाँसिल गरेका छन् । उनी  जिल्लामा राजु  खनाल र दाङ क्षेत्र नम्बर २ का सभापती भुपबहादुर डागि निकट मानिन्छन् । त्यस्तै  लमही नगरपालिकाका सभापति सन्तोष  बुढाथोकी देउवा निकट हुन् । उनले ७९  वर्षीय  शिवु  चौधरीलाई पराजित  गर्न सफल भएका थिए  । त्यस्तै राजपुरका सभापति  नरेन्द्र  राज भण्डारी, गढवाका किरण  पौडे र बंगलाचुली गाउँपालिकाका जागेश्वर  अधिकारी देउवा पक्षका  हुन् ।

बंगलाचुलीमा सर्वसम्मत नेतृत्व चयन भएको हो । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाको सभापतिमा दिपक गिरी निकट सुरेश हमालले विजयी  भएका छन् । त्यस्तै दिपककै नातेदार रहेका  शम्भु गिरीले दंगीशरण गाउँपालिकाको सभापतिमा विजयी हाँसिल गरे । त्यस्तै बबई  गाउँपालिका सभापति प्रकाश बस्नेत र शान्तिनगर गाउँपालिकाका सभापति  झलक केसी दिपक  गिरी निकट हुन् ।

ति चार  स्थानीय तहहरु  दाङ  क्षेत्र नं। ३ मा  पर्छन् । कांग्रेस महामन्त्री शशांक कोइरालासंग नजिक रहेका गिरी  पौडेल पक्षीय नेता हुन् । कुनै बेला रास्ट्रिय राजनितीसंगै पार्टीको राजनितिमा अत्यन्तै बलियो मानिएका कांग्रेस नेता स्व।खुमबहादुर खड्काको दबदबा रहेको गृह जिल्ला दाङमा पुर्बमन्त्री गिरिको बलियो पकड अझै बनि सकेको छैन ।

प्रतिक्रिया दिनुहोस