काठमाडौं । नयाँ सरकार गठन भएको अढाइ महिना पुगिसक्दा पनि शिक्षामन्त्रीको नियुक्ति हुन नसक्दा शिक्षाका दर्जनभन्दा बढी ऐन, निमावली र कार्यविधि पास हुन सकेको छैन । त्यसको प्रत्यक्ष असर शिक्षा क्षेत्रको नीति निर्माणमा पुगेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षालाई प्राथमिकतामा राख्न नसक्दा सबै काम अलपत्र परेको छ । शिक्षा मन्त्रालयका उच्च अधिकारीका अनुसार मन्त्री नहुँदा शिक्षक सेवा आयोगको नियमावलीसमेत स्वीकृत हुन सकेको छैन ।
आयोगका सदस्य–सचिव दिनेश श्रेष्ठले शिक्षक सेवा नियमावली स्वीकृत नहुँदा त्यसको असर नयाँ शिक्षक भर्नामा परेको बताए । उनले नियमावली स्वीकृत नभएकाले नयाँ शिक्षक भर्ना गर्न नसकिएको बताए । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ११ असोज २०७८, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार
स्कुटर दुर्घटनामा परि शिक्षकको मृत्यु
शिक्षक सेवा आयोगद्वारा नतिजा प्रकाशन
माध्यमिक तहको ३६८ शिक्षकका लागि जागिर खुल्यो
मधेसमा शिक्षकको माग गर्दै विद्यार्थी सडकमा
दलको सदस्यता त्याग्दै शिक्षक