काठमाडौँ । कांग्रेसमा १४ औं महाधिवेशनको मिति पुनस् सार्नेबारे छलफल सुरू भएको छ । महाधिवेशनको प्रक्रियाअन्तर्गत तल्ला तहको अधिवेशनका विषयमा नेताहरुबीच निरन्तर विवाद भएपछि संस्थापन पक्षले नै केन्द्रीय महाधिवेशनको मिति सार्ने प्रस्ताव गरेको हो ।
बिहीबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले परिस्थितिले केन्द्रीय महाधिवेशनकै मिति सार्नुपर्ने अवस्था बनिरहेको बताएका थिए । ‘तल्ला तहको अधिवेशन सार्दै जाँदा केन्द्रीय महाधिवेशन पनि समयमा गर्न नसकिने अवस्था बन्न सक्छ, नयाँ कार्यतालिका बनाउँदा त्यहीअनुसार गर्नुपर्ने हुन्छ । मंसिरमा नसकिए पुससम्म भएपनि महाधिवेशन गर्नुपर्छ,’ खड्काले भनेका थिए ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहको अलग्गै बैठक नै राखेर ७५३ वटै स्थानीय तहको अधिवेशन एकैदिन गर्नुपर्ने माग गरेपछि तल्ला तहको अधिवेशनको कार्यतालिका प्रभावित हुँदा त्यसको असर केन्द्रीय महाधिवेशनसम्मै पर्न सक्ने देखिएको हो । १३ जिल्लाको क्रियाशील सदस्यकै टुंगो नलागेको अवस्थामा सबै स्थानीय तहको अधिवेशन एकै दिन गर्न पनि नसकिने र कार्यतालिकाअनुसारै अधिवेशन गर्न सदस्यताको विवाद समेत तत्कालै हल नहुने कारणले केन्द्रीय महाधिवेशन नै प्रभावित हुने स्थिति बनेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ असोज २०७८, १९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको महाधिवेशन वैशाखमा नहुने
प्रेस चौतारीको १० औं केन्द्रीय महाधिवेशन विराटनगरमा सुरु
वैद्यको क्रान्तिकारी कम्युनिष्ट पार्टीको महाधिवेशन सुरु
क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन तयारी अन्तिम चरणमा, बिहीबार भूगोल पार्कमा उद्घाटन हुने
अखिल क्रान्तिकारीको महाधिवेशन: आज बन्दसत्र, आइतबार नेतृत्व चयनका लागि निर्वाचन
नेकपा एसको महाधिवेशनमा विप्लवदेखि सीकेसम्म अतिथि, एमालेले गर्यो बहिष्कार