एजेन्सी । अस्ट्रेलियाको दक्षिण पूर्वी क्षेत्रमा ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण मेलबर्नसहितका सहरमा भवनहरु भत्किएका छन् ।
स्थानीय समयअनुसार बुधबार बिहान ९ बजेर १५ मिनेटमा भिक्टोरिया राज्यको राजधानी मेलबर्ननजिकैको म्यान्सफिल्डलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
प्रधानमन्त्री स्कट मोरिसनले भूकम्पका कारण कोही पनि गम्भीर घाइते भएको जानकारी नआएको बताएका छन् । उनका अनुसार अग्ला भवनमा रहेका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । केही ठाउँमा बिजुली अवरूद्ध भएको पनि बताइएको छ ।
भूकम्पको धक्का न्यू साउथ वेल्ससहितका क्षेत्रमा पनि महसुस भएको बीबीसीले जनाएको छ । सयौं किलोमिटर टाढाका सिड्नी, एडलेइडलगायत सहरसम्म पनि धक्का महसुस भएको थियो ।
भिक्टोरिया राज्यको आपतकालीन सेवाले राज्यका सबै नागरिकले भूकम्पको धक्का महसुस गरेको उल्लेख गर्दै सुनामीको कुनै खतरा नरहेको भन्दै ट्वीट गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०६ असोज २०७८, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानमारमा भूकम्पमा परेर मर्नेको संख्या २,८८६ पुग्यो
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
थाइल्याण्ड र म्यानमारपछि यी देशहरूमा भूकम्पको धक्का
म्यानमार र थाइल्याण्डपछि अफगानिस्तानमा लगातार भूकम्प
म्यानमारमा ७.७ म्याग्निच्यूडको भूकम्पः १४४ बढीको मृत्यु, सयौं बेपत्ता
अफगानिस्तानमा भूकम्प, भारतसम्म धक्का