सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

सफल खबर संवाददाता

बुधबार, ०६ असोज २०७८, ११ : ५०
सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं । बुधबार सुनको मूल्य ९ सयले बढेर तोलाको ९० हजार एकसयमा पुगेको छ। अघिल्लो दिन सुन ८९ हजार दुईसयमा कारोबार भएको थियो।

चाँदी २५ रुपैयाँ तोलाले बढेर ११ सय ६५ रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार चाँदी ११ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

प्रतिक्रिया दिनुहोस