यस्ता छन् एमाले सचिवालय बैठकका ७ निर्णय

सफल खबर संवाददाता

मंगलबार, १५ असोज २०८१, १६ : ५५
यस्ता छन् एमाले सचिवालय बैठकका ७ निर्णय

काठमाडौ । नेकपा (एमाले) को ३७औं केन्द्रीय सचिवालयको बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार सम्पन्न भएको छ ।

बैठकले असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाले पुर्‍याएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई राहत र अबिलम्व पुनर्स्थापना गरी जनजीवन सहज बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । यस्ता छन् बैठकका अन्य निर्णयहरु :

१. बाढी पहिरोमा परी निधन भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता नागरिकहरूको खोजी कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई बैठकले आग्रह गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क औषधी उपचार गर्न र घरबारविहीनहरूलाई तत्काल अस्थायी आवासको व्यवस्था गर्न सरकारसाग माग गरेको छ ।

२. नेपालीहरूको महान चाड बडादशैंको पूर्व सन्ध्यामा आएको अविरल वर्षाले देशको राजधानी जोड्ने प्रमुख राजमार्गहरू लगायत विभिन्न ठाउाका सडक सञ्जालहरूमा पुर्‍याएको क्षतिले आवतजावतमा गम्भीर कठीनाइ उत्पन्न भएको छ । सडक सञ्जालको सम्बन्ध विच्छेदलाई अबिलम्व सूचारु गरी आवतजावतलाई सहज बनाउन सरकारसाग माग गर्दछ । साथै यात्रा गर्दा मौसमलाई ध्यान दिन र सचेत रहेर यात्रा गर्नका लागि सर्वसाधारणलाई अपिल गरेको छ ।

३. मानवीय क्षति, सरकारी र  व्यक्तिगत भौतिक संरचनाको क्षतिको एकीन विवरण संकलन गरी मृतकका परिवार तथा पीडितलाई राहत उपलब्ध गराउन र भौतिक संरचनाको पुनर्निर्माणलाई तिव्रता दिन बैठकले आग्रह गरेको छ । साथै बाढी र पहिरोले किसानहरूको बालीनालीमा पुर्‍याएको क्षतिको विवरण एकीन गरी क्षतिपूर्ति उपलब्ध गराउन गरिएको छ ।

४. बाढी र पहिरोबाट प्रभावित भएकाहरूको सहयोगका लागि  प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ५० लाख रुपैयाा उपलब्ध गराउने निर्णय बैठकले गरेको छ । साथै बैठकले पीडितको राहत र भौतिक संरचनाहरूको पुनर्निर्माणका नागरिक स्तरबाट सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।

६. बाढी र पहिरोपछि उद्दार, राहत र खोजमा नेपाल सरकार, नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, नेपाल सरकारका विभिन्न निकाय, संघ–संस्था, पार्टीपङ्क्ति, नागरिक लगायतले पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै बैठकले आभार प्रकट गरेको छ ।

७. प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धीमूलक रहेको बैठकले ठहर गरेको छ । यसैगरी संयुक्त राष्ट्रसंघको महासभामा निर्वाह गरेको भूमिकाले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाएको निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस