चितवन क्षेत्र नम्बर २ का २८ जना असहाय अशक्तको स्वास्थ्य बिमा गरिदिने  समाजसेवी टंकनाथ पौडेलको घोषणा

सफल खबर संवाददाता

मंगलबार, ०५ असोज २०७८, १९ : ४८
चितवन क्षेत्र नम्बर २ का २८ जना असहाय अशक्तको स्वास्थ्य बिमा गरिदिने  समाजसेवी टंकनाथ पौडेलको घोषणा

चितवन । चितवन क्षेत्र नम्बर २ नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधिका उम्मेदवार वरिष्ठ समाजसेवी टंकनाथ पौडेलले क्षेत्र नम्बर २ का २८ जना असहाय अशक्तको स्वास्थ्य बिमा गर्ने घोषणा गरेका छन् ।

क्षेत्र नम्बर २ मा भरतपुर महानगरको १० वडासहित इच्छाकामना र कालिका गरी २८ वडा रहेकोले वडा कमिटीले सिफारिस गरी पठाएको एक वडाको १ जनालाई स्वास्थ्य बिमा गरिदिने घोषणा आफूले गरेको पौडेलले बताए ।

भरतपुर महानगरको वडा नम्वर ७ निर्वाचित कार्यसमितिले बधाई तथा परिचयात्मक कार्यक्रममा पौडेलले वडा नम्बर ७ को पार्टीको वडा कार्यालय भवन निर्माणको पहिलो ढलानमा १०० बोरा सिमेन्ट प्रदान गर्र्नेे प्रतिबद्धता समेत जनाए । राष्ट्रियता लोकतन्त्र समाजवादको पूर्ण पालना गरी नेपाली कांग्रेसलाई विधानअनुसार अगाडि बढाउन र जनताको सेवक कांग्रेस हो भन्ने अनुभुति दिलाउन आफूले उम्मेदवारी घोषणा गरेको पौडेलको भनाइ थियो ।

प्रत्येक वडामा कांग्रेसको वडा कार्यालय भवन बनाउनुपर्ने बताउँदै उनले ७ मा बन्ने वडा कार्यालय भवनलाई १०० बोरा सिमेन्ट उपलब्ध गराउने निर्णय गरेका हुन् । धेरै सामाजिक संघसंस्थामा नेतृत्व गरेर सार्थक परिणाम दिएका पौडेल चितवनका बीचमा लोकप्रिय व्यक्तिसमेत हुन् । 


 

प्रतिक्रिया दिनुहोस