६० हजार रुपैयाँ दिएर श्रीमान्‌काे हत्या, श्रीमती पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ०५ असोज २०७८, ११ : ३५
६० हजार रुपैयाँ दिएर श्रीमान्‌काे हत्या, श्रीमती पक्राउ

सिरहा । सिरहा गोलबाजर नगरपालिका ४ निपनियाँका ४० वर्षीय दुखरण महराको हत्या घटनाको मुख्य योजनाकारको आरोपमा उनकी श्रीमती हरिहरदेवी महरा पक्राउ परेकी छन् । 

भारत विहारको मधुवनीको जयनगर बजार नजिकै दुखरणको शव फेला परेको थियो । उनको हत्याको योजनाकारको रूपमा हरिहरदेवी पक्राउ परेकी हुन् । श्रीमान् दुखरणलाई उपचारको बाहनामा जयनगर पुर्‍याएर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।  

उनकाअनुसार श्रीमानको हत्याका लागि हरहरदेवीले यादवको समूहलाई ६० हजार रुपैयाँ दिएकी थिइन् । 

गत १९ भदौमा दुखरणको शव फेला परेको थियो । धारिलो हतियारको प्रयोग गरेर दुखरणको हत्या भएको थियो । उनको शव  घाँटीसहित शरीरका विभिन्न भागमा चोट पटक लागेको अवस्थामा फेला परेको थियो । 

प्रतिक्रिया दिनुहोस