धनुषा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुरधाम पुगेका छन् । पार्टीले आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड र नेता मातृका प्रसाद यादव आज जनकपुरधाम पुगेका हुन । जनकपुर एयरपोर्टमा अध्यक्ष प्रचण्ड र नेता यादवलाई स्वागत गरेका छन् ।
स्वागतका लागि प्रदेश २ का आन्तरिक मामिला तथा संचार मन्त्री भरत साह, राज्यमन्त्री रुबी कर्ण, संघीय सांसद बोधमाया यादवलगायतका नेता कार्यकर्ता एयरपोर्ट पुगेका थिए । अध्यक्ष प्रचण्डले एयरपोर्टमा कुनै प्रतिक्रिया दिएनन् । प्रशिक्षण कार्यक्रमका लागि प्रदेश २ का आठै जिल्लाबाट अगुवा नेता कार्यकर्ता आएका छन् ।
उनले शनिबार प्रदेश २ कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको आन्तरिक मामीला तथा सञ्चार मन्त्रीको प्रेस संयोजक शिवम साहले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ असोज २०७८, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ समीकरणको परिपक्व आधार बन्दैछ, देउवाजी फर्किएपछि थप कुरा हुन्छ : प्रचण्ड
गोरखा पुगे प्रचण्ड (तस्बिरहरू)
प्रचण्ड र नारायणकाजी गोरखाको बारपाक जाने
सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा गयो : प्रचण्ड
मुलुकलाई प्रतिगमनतिर फर्काउने दिवा सपना नदेख्नु : प्रचण्ड
वर्तमान संकट कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्छन् : प्रचण्ड