अष्ट्रिया रेल दुर्घटनामा ५४ यात्रु घाइते

शुक्रबार, ०७ बैशाख २०७५, २१ : ०२
अष्ट्रिया रेल दुर्घटनामा ५४ यात्रु घाइते

अष्ट्रिया । अष्ट्रियाको साल्जवर्ग शहरमा शुक्रबार रेल दुर्घटना हुँदा कम्तिमा ५४ जना घाइते भएका अष्ट्रियाली प्रहरी प्रवक्ताले सिन्ह्वा न्यूज एजेन्सीलाई बताएका छन् ।

घाइते सवै यात्रुको साल्जस्थित विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।

परस्पर विपरित दिशाबाट आएका दुवै रात्रिकालीन रेल रहेका र दुवै विस्तारै गुडिरहेका समयमा दुर्घछना भएकाले रेलका धेरै मानिस सशुसल भएका प्रहरीले जनाएको छ । दुर्घटनाको सम्बन्धमा सत्यतथ्य पत्तालगाउन अनुसन्धान शुरू गरिएको प्रहरी प्रवक्ताले बताए ।

दुर्घटनाको समय प्राय यात्रुहरू निद्रामा रहेका भएपनि रेलको गति तीब्र नभएका कारण ठूलो मानवीय क्षति नभएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस