काठमाडौं । नेकपा एमालेका सांसद शारदादेवी भट्ट र सोमप्रसाद पाण्डेले नेकपा एकीकृत समाजवादी रोज्न पाउने भएका छन् । सर्वोच्च अदालतले एमालेका सांसद भट्ट र पाण्डेले नेकपा एस रोज्न पाउने गरी अन्तरिम आदेश दिएको हो ।
न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले उक्त आदश दिएको हो । भट्ट र पाण्डेले आफूहरू नेकपा एसमा सनाखतका लागि आयोगमा जाँदा अवसर नदिइएको भन्दै रिट दायर गरेका थिए ।
निवेदकले नेकपा एसमा आबद्ध हुने गरी भदौ ८ गते निर्वाचन आयोगमा निवेदन दिएको भन्दै उनीहरूलाई दलमा आवद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै काम कारवाही नगर्न अदालतले अन्तरिम आदेश दिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ भदौ २०७८, १६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एसकाे केन्द्रिय नेताहरूकाे कार्यबिभाजन आज हुने
आज देखी नेकपा एसको स्थायी कमिटी बैठक
नेकपा एसको पदाधिकारी र पोलिटब्युरो सदस्य चयन चुनावबाटै हुने, चुनावी प्रक्रिया सुरु
केन्द्रीय सदस्य छान्न नसकेपछि २ दिन धकेलियो नेकपा एसको बैठक
नेकपा एसमा प्रतिनिधित्व : ३३ प्रतिशत महिला, २० प्रतिशत युवा
नेकपा एसमा रामकुमारीलाई उपाध्यक्ष बनाउने सहमति