एकतर्फी खुल्यो पृथ्वी राजमार्ग

सफल खबर संवाददाता

मंगलबार, ०९ पुस २०८१, २० : ०८
एकतर्फी खुल्यो पृथ्वी राजमार्ग

काठमाडौँ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको शितलबजार र मलेखुको बीच क्षेत्रमा सुक्खा पहिरो खसेर अवरुद्ध भएको राजमार्ग एकतर्फी खुलेको छ ।

टिपटप होटेल नजिकै आज साँझ ५ बजेतिर पहिरो खसेर राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङले पहिरो पन्छाएर साना सवारी साधन दुईतर्फी र ठूला सवारी साधन एकतर्फी चलिरहेको जानकारी दिएको छ ।

ठूलो डाँडो नै खसेकाले सवारी साधन केही घण्टा जाममा परेका थिए । अहिले बाटो खुलाइए पनि सवारी साधनहरू चापमा चलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस