अस्ट्रेलियामा रेल दुर्घटनाहुँदा चालिसभन्दा बढी घाइते

शुक्रबार, ०७ बैशाख २०७५, १५ : ४६
अस्ट्रेलियामा रेल दुर्घटनाहुँदा चालिसभन्दा बढी घाइते


भिएना । अस्ट्रेलियाको सलज्बर्ग सहरमा शुक्रबार भएको रेल दुर्घटनामा ४० भन्दा बढीका घाइते भएका छन् । यात्रुवाहक रेलको दुई डिब्बा एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी ती व्यक्ति घाइते भएका उद्धारकर्ता र रेल कम्पनीले जानकारी दिएको छ । जुरिचबाट भिएनातर्फ गइरहेको सो रेलको दुई वटा डिब्बा एक आपसमा ठोक्किएको कारण पनि प्रष्ट नभएको आगलागी नियन्त्रण सेवाका अधिकारीले स्थानीय सञ्चार माध्यमल जानकारी दिएका छन् ।

‘अस्टे«लिया नेसनल रेल कम्पनी (ओबिबि)’का प्रवक्ताले रात्रि सेवामा चल्ने यस रेलमा सवार रहेका ३५ देखि ४० व्यक्ति घाइते भएका बताउनुभएको छ । यस दुर्घटनामा घाइते भएका प्रायःव्यक्तिको अवस्था समान्य रहेको रेडक्रस सेवाले जानकारी दिएको छ । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस