बारबाराको अन्त्येष्टिका लागि सुरक्षा व्यवस्था कडा

शुक्रबार, ०७ बैशाख २०७५, १५ : ४३
बारबाराको अन्त्येष्टिका लागि सुरक्षा व्यवस्था कडा

सांकेतिक तस्बिर

अमेरिका । अमेरिकाकी पूर्वप्रथम महिला बारबारा बुसको अन्त्येष्टि कार्यक्रमका लागि उहाँहरुको निवास बरीपरी सुरक्षा व्यवस्था कडा बनाएको छ । उहाँको गृहनगर हाउस्टनका प्रहरी प्रमुखले सुरक्षा सतर्कता बढाइएको पत्रकारलाई बिहीबार जानकारी दिनुभयो ।

बारबाराको ९२ वर्ष उमेरमा गत मंगलबार निधन भएको थियो । उहाँलाई शुक्रबार सर्वसाधारणले अन्तिम श्रद्धाञ्जलि दिन पाउने व्यवस्था मिलाइएको छ । उहाँको शनिबार अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ भने अन्त्येष्टि कार्यक्रममा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा, उहाँकी श्रीमती मिसेल ओबामालगायतका अतिविशिष्ट व्यक्ति आउने कार्यक्रम रहेको छ ।

पूर्वराष्ट्रपति जर्ज बुसकी श्रीमती र अर्का पूर्वराष्ट्रपति जर्ज डब्लु बुसकी आमा बारबाराको अन्त्येष्टिमा त्यसै पनि उच्चपदस्थको बढी भिड हुुनु स्वभाविक भएको बताइएको छ । लामो समयदेखि अस्वस्त रहनु भएकी बुसले उपचार गराउन अस्विकार गरेर घरमै आफन्तसँगै बस्न थालेको केही दिनपछि उहाँको निधन भएको थियो ।

स्वर्गिय बारबारा बुस उहाँका श्रीमान जर्ज बुस सन् १९८९ र १९९३ मा गरी दुई पटक अमेरिकाको राष्ट्रपति भएका बेला प्रथम पहिलाको रुपमा प्रशंसनीय भूमिका खेल्नुभएको थियो । उहाँ सन् २००१ र सन् २००९ मा राष्ट्रपति हुनुभएका जर्ज डब्लु बुसकी आमासमेत हुनुहुन्छ । श्रीमान् र छोरालाई राष्ट्रपति भएको देख्ने उहाँ एक मात्र अमेरिकी महिला हुनुहुन्छ । त्यस बाहेक उहाँ साक्षरता अभियान्ताका रुपमा संसारभरी चिनिनुहुन्छ । उहाँले जीवनको अन्तिम समयसम्म पनि साक्षरता अभियानका बारेमा चिन्ता, चासो र सक्रियता देखाइरहनु भएको बताइएको छ ।  (रासस/सिन्हवा)

प्रतिक्रिया दिनुहोस