तीजको नाच हेरेर फर्किएकी किशोरी बलात्कृत, तीन पक्राउ

सफल खबर संवाददाता

शनिबार, २६ भदौ २०७८, १५ : ३६
तीजको नाच हेरेर फर्किएकी किशोरी बलात्कृत, तीन पक्राउ

दाङ । तीजको नाच हेरेर घर फर्किएकी १८ वर्षकी किशोरी बलात्कृत भएकी छन् । दाङ प्रहरीले ती किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ३ जना युवकलाई पक्राउ गरेको छ ।

नाच हेरेर घर फर्कँदै गरेकी किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दाङ जिल्लाको बंगलाचुली गाउँपालिका ७ विर्खेका २७ वर्षीय पवन रोका, २७ वर्षीय विनाराम मर्स्याङ्दी र २० वर्षीय याम बहादुर मास्कीलाई पक्राउ गरेको छ । 

उनीहरुमाथि  १८ वर्षीया किशोरीमाथि सामूहिक करणी गरेको आरोप मुद्दा चलाइने प्रहरीको भनाइ छ ।  पीडित युवतीको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जनकारी दिए । 

प्रतिक्रिया दिनुहोस