पोथी डमरु मृत फेला

सफल खबर संवाददाता

मंगलबार, २२ भदौ २०७८, २० : २०
पोथी डमरु मृत फेला

file Photo

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा बाघको बच्चा (पोथी डम्मरु) मृत अवस्थामा फेला परेको छ ।

निकुञ्जका अनुसार पूर्वी चितवन सौराहा सेक्टर क्षेत्रको ढुंगरे खोला कोर इलाकामा बाघको डमरु मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । उनले डमरुको मृत्यु आमासँग छुटेर भोकै रहेका कारण हुनसक्ने अनुमान गरे ।

चितवन निकुन्जमा २०१८ को गणनाअनुसार ९३ वयस्क बाघ रहेका थिए । 

प्रतिक्रिया दिनुहोस