काठमाडौँ । सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा सिफारिस भएका प्रकाशमान सिंह राउतविरुद्ध ६ वटा उजुरी दर्ता भएका छन् । प्रक्रियागत र व्यक्तिगत गरी उनीविरुद्ध ६ वटा उजुरी दर्ता भएका हुन् । संसद् सचिवालयका अनुसार उजुरीको पोका आज खोलिने छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि गत भदौ ३१ मा बसेको संवैधानिक परिषद्को बैठकले सिफारिस गरेका राउतविरुद्ध संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको थियो । असोज ३ को समितिको बैठकले १० दिनको समय दिएर राउतविरुद्ध सार्वजनिक उजुरी आह्वान गरेको थियो ।
समितिमा ८ उजुरी दर्ता भएकोमा ६ वटा प्रस्तावित प्रधानन्यायाधीश र २ वटा राजदूतविरुद्ध रहेको बताएको छ भने केही उजुरी प्रधानन्यायाधीश र राजदूतविरुद्ध संयुक्त छन् ।
संसदीय सुनुवाइ समितिको बैठक दिउसो १ बजे बस्दै छ । बैठकमा प्रधान न्यायाधीश र प्रस्तावित राजदूतहरूका सम्बन्धमा प्राप्त उजुरी तथा सूचनाहरू खोली वितरण र छलफल गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ असोज २०८१, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्चमा रिट
भ्रष्टाचारमा दोषी ठहरिएका जिल्ला सभापतिलाई बर्खास्तको माग गर्दै प्रदर्शन
५२ संवैधानिक पदाधिकारीविरुद्ध सुनुवाइ जारी
५२ संवैधानिक पदाधिकारीविरुद्ध आज फेरि सुनुवाइ
सर्वोच्च अदालतमा १५ हजार ५ सय २१ मुद्दा छिनोफानो
५२ संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दामा सुनुवाइ हुँदै