वाइसीएल संयोजकमा सुमन देवकोटा चयन

सफल खबर संवाददाता

मंगलबार, २२ भदौ २०७८, १६ : १६
वाइसीएल संयोजकमा सुमन देवकोटा चयन

काठमाडौं । योङ कम्युनिष्ट लीग नेपाल वाईसीएलको पहिलो केन्द्रीय समिति बैठकले संयोजक र सह–संयोजक तोकेको छ । अघिल्लो साता राजधानीमा सम्पन्न राष्ट्रिय भेलाले पदाधिकारी चयन गर्न नसकेपछि केन्द्रीय समिति बैठकबाट नेतृत्व टुङ्ग्याउने जनाइएको थियो । आज बसेको केन्द्रीय समिति बैठकले संयोजकमा सुमन देवकोटा ’अब्दुल’ र सह–संयोजकमा सुबोधराज सेर्पालीलाई जिम्मेवारी दिएको हो ।

वाईसीएल नेपालले पहिलेको परम्परालाई तोड्दै यस पटक देवकोटा र सेर्पालीलाई जिम्मेवारी दिने निर्णय गरेको हो । भेलाले पदाधिकारी टुङ्ग्याउने तयारी अन्तिम चरणमा पुर्याए पनि पार्टी नेतृत्वको हस्तक्षेपछि केन्द्रीय समितिको निर्णयबाट उक्त निर्णय गरिएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस