टंकनाथ पौडेल बने वडा क्षेत्रीय प्रतिनिधि

सफल खबर संवाददाता

मंगलबार, २२ भदौ २०७८, १६ : ०३
टंकनाथ पौडेल बने वडा क्षेत्रीय  प्रतिनिधि

चितवन । चितवन जिल्लामा रहेर निरन्तर सामाजिक सेवामा सक्रिय समाजसेवी व्यत्तित्व टंकनाथ पौडेलले काँग्रेसको आसन्न १४औँ महाधिवेशनमा वडा क्षेत्रीय प्रतिनिधि पदमा निर्विरोध चयन भएका छन् । चौधौ महाधिवेशनका लागि सम्पन्न  भएको निर्वाचनमा भरतपुर महानगरपालिका वडा नं १ मा सबै तहमा निर्विरोध भएको पौडेलले बताए । सबैलाई निर्विरोध बनाउन सफल भएकोमा पौडेलले मतदान अधिकृत लगायत टिमलाई धन्यवाद दिएका छन् ।

 उनले पार्टिबाट आगामि चुनाबका लागि  टिकट ल्याउन सक्ने क्षमता राख्ने भएकाले उनि प्रदेश संसद बन्न सक्ने सम्भावना बलियो रहेको उनका निकटका साथीहरु बताउछन् । काग्रेसमा रामचन्द्र पौडेल समुहमा सक्रिय पौडेल कांग्रेस कम्युनिष्ट सबै पार्टिका मानिसहरुको रोजाईका पात्र हुन् ।

२०४५ सालदेखि राजनिति क्षेत्रमा सक्रिय पौडेल नेपाल आमाबाट सम्मानित पुर्व संसद मैया देबि श्रेष्ठको धर्म पुत्र समेत हुन ।विभिन्न सामाजिक संघसंगठनमा आवद्ध, राजनीतिज्ञ तथा समाजसेवी पौडेलले देबघाट क्षेत्र विकास समितिको अध्यक्ष भएर देबघाट क्षेत्रको उलेख्निय विकास गरेका थिए ।  हिन्दु धर्म संस्कार र संस्कृित संरक्षणमा सक्रिय रुपमा उनि लागी रहेका छन् ।

यस अघि प्रदेश क्षेत्रिय सभापति रहेर काम गरेका पौडेल राजनितिक रुपमा पनि धेरै लोकप्रिय र सबैको रुचाईएका पात्र हुन् ।नेपाली राष्ट्रियता, लोकतन्त्र र समाजवादको पक्षमा अविचलित रही सेवाभावको  स्थापित हुनुपर्छ भन्ने मूल विचारलाई आत्मसाथ गर्दै राजनीतिमा आफु प्रवेश गरेको पौडेलले बताए ।

उनले नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवबाट भौतिक पूर्वाधार निर्माणमा सहयोग पु¥याए वापत  अभिनन्दन पत्र प्राप्त गरेका थिए भने  यस्तै राजीव गान्धी समरता अवार्डले पनि सम्मानित भए ।

 

 

प्रतिक्रिया दिनुहोस