नेप्सेको सुधार टिकेन, ४४ दशमलव १८ अंकको गिरावट

सफल खबर संवाददाता

मंगलबार, २२ भदौ २०७८, १५ : ३२
नेप्सेको सुधार टिकेन, ४४ दशमलव १८ अंकको गिरावट

काठमाडौं । नेप्से परिसूचक आज ४४.१८ अंकले घट्दै २९३६.६० विन्दुमा रोकिएको छ । हिजो १६१.३१ अंकले बढेको थियो ।आज १ करोड ५० लाख ८२ हजार ८१ कित्ता सेयर किनबेचमा ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार १६१ रूपैयाँ कारोबार भयो । यो हिजोको तुलनामा २ अर्बले कम हो ।

आज अन्य तथा म्यूचलबाहेकका समूहमा रातो लागेको छ । सबैभन्दा धेरै होटल तथा टुरिजम, विकास बैंक, माइक्रोफाइनान्स, ननलाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्सलगायत कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आज युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ६१ करोडको कारोबार भएको छ ।
 

प्रतिक्रिया दिनुहोस